शाहरुख खानले आफ्नो भित्री रहस्य बाहिर ल्याएका छन् । बलीउडमा ‘किङ खान’ बनाउन मद्दत गर्ने एक अभिनेताको नाम उनले लिएका छन् । उनलाई सुपरस्टार बनाउन अरमान कोहलीको महत्वपुर्ण हात रहेको बताएका छन् । शाहरुखले आफु सुपरस्टार हुनुको क्रेडिट अरमानलाई दिने गरेको रहस्य खुलाएका छन् ।
रितेश–साजिदको च्याट सो मा अनुष्कासँग शाहरुख खान पुगेका थिए । यस सो मा शाहरुखले सन् १९९२ मा आएको फिल्म ‘दिवाना’ मा आफु पहिलो रोजाइको अभिनेता नभएको बताएका छन् । शाहरुखले भने, ‘अरमानलाई उक्त फिल्मका लागि अनुबन्ध गरिएको र फिल्मको पोष्टरमा समेत अरमानको तस्बिर आइसकेको थियो । तर, व्यस्त रुटिङका कारण अरमानले फिल्म छोड्न बाध्य भए । यस फिल्मबाटै मैले बलिउडमा डेब्यु गरे ।’ शाहरुले अगाडी भने,‘अरमानका कारण म आज सुपरस्टार भएको छु । ऐक्ट्रस दिब्या भारतीसँग अरमानको पोस्टर सार्वजनिक भइसकेको थियो । धन्यवाद, मलाई सुपरस्टार बनाउन होला उनले छोडे ।’