‘सिनेखबर डटकम’ ले दुई दिन अगाडी ‘नीता ढुंगानासँग नीताकै भिडन्त हुने, भ्यालेन्टाईनमा प्रेम विक्ला कि निखिलको एक्शन ?’ र्शिषकको एक समाचार प्रकाशन गरेका थियो । चलचित्र ‘निर्भय’ ले आफ्नो रिलिज मिति पोष्टपोन्ड गर्न सक्ने भन्दै ‘सिनेखबर डटकम’ ले समाचार प्रकाशन गरेको दुई दिनमा नै निर्माणपक्षले चलचित्र ‘निर्भय’ को रिलिज पोष्टपोन्ड गरेको छ । हालै निर्माणपक्षले चलचित्रको ३ फस्टलुक पोष्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति सार्वजनिक गरेको हो । यसअघि निर्माणपक्षले चलचित्र ‘निर्भय’ को रिलिज मिति माघ २८ गतेलाई सार्वजनिक गरेको थियो । यो मितिमा नायिका नीता ढुंगाना र नायक जीवन लुइँटेल अभिनित चलचित्र ‘लेक साइड’ प्रदर्शनमा आउँदैछ । नायक निखिल उप्रेतीको अर्को चलचित्र ‘किङ्ग’ पुष २८ गते प्रदर्शनमा आउने भएका कारण ‘निर्भय’ निर्माताले आफ्नो चलचित्रको रिलिज मिति पोष्टपोन्ड गरेको बुझिएको छ ।
‘निर्भय’ निर्माता देवी प्रसाद पाण्डेका अनुसार, अब चलचित्र ‘निर्भय’ चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । यो चलचित्रमा नायक निखिल उप्रेती र नीता ढुंगानाको मुख्य भूमिका छ । रिलिज मितिसँगै निर्माणपक्षले सार्वजनिक गरेको चलचित्र निर्भयको २ फस्टलुक पोष्टरमा निखिलको एक्शन लुक्स देख्न सकिन्छ भने एक पोष्टरमा नायिका नीता ढुंगाना नायक उप्रेतीको अँगालोमा कसिएकी छिन् । चलचित्र ‘निर्भय’ मा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।
यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन । यो मितिमा यसअघि नायिका रेखा थापा स्टारर चलचित्र ‘डायरी’ र दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ले आफ्नो रिलिज मिति घोषणा गरिसकेका छन् । सिंगल हलका ‘डन’ मानिने नायक निखिल र नायिका रेखासँग मल्टिप्लेक्स अनुहार दयाहाङ राई र सौगातको भिडन्त चैत ११ गते हेर्न लायकै हुने देखिन्छ । यदी यी तीन चलचित्र मध्ये कसैले पनि रिलिज मिति पोष्टपोन्ड गरेनन् भने ।