भोली बिहिबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ साशा’ को मंगलबार साँझ काठमाडौंको कुमारी हलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । दर्जनौं चलचित्रकर्मी देखी पत्रकारहरुको सहभागीता रहेको प्रिमियरमा चलचित्रका नायक कर्मा, नायिका केकी अधिकारीसँगै निर्देशक प्रचण्डमान श्रेष्ठ, निर्माता माधव वाग्ले र कलाकार आशिफ शाह विशेष आकर्षकको केन्द्रमा रहे । चलचित्रमा ‘साशा’ नामकी यूवतीको भूमिका निर्वाहा गरेकी केकी र ‘पर्ल’ नामक यूवकको भूमिका प्ले गरेका कर्माको तस्बिर क्यामेरामा कैद गर्नका लागि प्रिमियरमा फोटोपत्रकारहरुको हानाथाप नै भएको थियो ।
प्रिमियरमा जसरी कर्मा र केकीको जाडीलाई चलचित्रकर्मीहरुले तारिफ गरेका थिए त्यो भन्दा बढी त चलचित्र हेरेपछि भयो । प्रिमियरमा चलचित्र ‘लभ साशा’ लाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । प्रिमियरमा नायिकाद्धय निशा अधिकारी, बेनिशा हमाल, रिमा विश्वकर्मा, ऋचा शर्मा, बर्षा राउत, स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, दीपेन्द्र के. खनाल, मिन बहादुर भाम, नायक हसनराजा खान, विनय श्रेष्ठ, अनुप विक्रम शाही, सञ्जय गुप्ता, गायक सत्यराज आचार्य लगायत उपस्थित थिए भने नायिका प्रियंका कार्कीको उपस्थितीले प्रिमियरको माहोल झन रंगीन बनाएको थियो ।