बलिउड अभिनेता टाइगर श्राफ बलिउडका सबैभन्दा उत्कृष्ट डान्सरका रुपमा परिचीत छन् । एक्शनमा पनि उत्तिकै चर्चा पाएका टाइगर भगवान भक्त हुन् । उनलाई लाग्छ भगवान शिव असली हिरो हुन्, डान्स र एक्शनमा शिवबाट धेरै कुरा सिक्न सकिन्छ ।
टाइगर भन्छन्,‘शिव नै यस संसारका नाशकर्ता हुन् । उनीले नै ताण्डव नृत्यको जन्म दिएका थिए । उनीबाट प्रेरणा लिन सकेमा जीवनका हरेक कुरा पुर्ण हुन्छन् ।’ बलिउडका अन्य चर्चीत कलाकारहरु पनि भगवान शिवको भक्त रहेका छन् । पुजा पाठ समेत गर्छन् । अमिताभ बच्चनले पनि आफ्नो बंगलामा एउटा सानो मन्दिर बनाएका छन् जहाँ उनी प्रत्येक दिन भगवान शिवको पुजा गर्छन् । हरेक देवताले आफ्ना आफ्ना इष्ट देवता मानेका छन् । कोही विष्णुका भक्त छन् भने कोही शिवका, कोही शनिका छन् त कोही गणेश भगवानका, कोही दुर्गाका छन् कोही लक्ष्मीका । टाइगर भगवान शिवको भक्त भएकै कारण सोमबार ब्रत बस्छन् । उनका अनुसार शिव भगवानमात्र रियल हिरो हुन् ।