बलिउडमा कुनै समय करन जोहर र काजोलको जोडीको मित्रतालाई लिएर ठुलै उदाहरण दिने गरिन्थ्यो । तर, २५ वर्षे लामो मित्रता टुटेको खबर बाहिर सार्वजनिक भएको छ । यो मित्रता फिल्म ‘दिलवाले दुल्हनीया ले जाएगे’ को सुटिङ सेटबाट सुरु भएको थियो । करनको मनपर्ने अभिनेत्रीमा जहिले पनि काजोल पहिलो नम्बरमा पर्थिन् । यतिमात्रै होइन जब कुनै फिल्मको योजनाबारे करन अध्ययन गर्थे उनी काजोललाई दिमागमा लिएर नै बनाउने गर्थे । सायद यही कारणले पनि हुनसक्छ उनले फिल्म ‘कुच कुच होता है’ मा काजललाई नायिका चुनेका थिए ।
तर, बितेका केही वर्षयता उनीहरुको सम्बन्धमा दरार आउन थालेका छन् । यसको कारण करणको फिल्म ‘ऐ दिल है मुश्किल’ अजय देवगनको फिल्म ‘शिवाय’ को क्याल्सलाई लिएर हो । काजोल यसकारण करनसँग रिसाएकी हुन् । तर, यसबारे कसैले पनि बोलेका छैनन् । करनले भने आफ्नो किताब ‘एन अनसुइटेबल ब्बोइ’ मा लेखेका छन्,‘काजोल पहिला मेरो जिन्दगीमा ठुलो महत्व राख्थिइन् । तर, अब सबै कुरा सकिएको छ । काजोलले २५ वर्षसम्मको मेरो भावना सबै सकाइदिएकी छन् ।’ फिल्म ‘शिवाय’ को रिलिज पुर्व करनले केकेआरलाई पैसा दिएर काजोलका पति अजयको बदनाम गराउन खोजेको खबर बाहिर आएको थियो । यसबारेमा करणले आफ्नो किताबमा लेखेका छन्,‘त्यसबखत धेरै नै कुरा भनियो । मलाई धेरै अरोप पनि लगाइयो । तर, म ती कुराले कत्ति पनि दुखी भएको थिइन । तर काजोलले टिवइटरमा सक्ड लेखेपछि, मैले बुझे हाम्रो मित्रता केही बाँकी रहेन ।’