बलिउड अभिनेता साहिद कपुरले अभिनेत्री कंगना रनौतको बारेमा आफ्नो मुख खोलेका छन् । मिडिया रिपोर्टका अनुसार, कंगना र साहिदको सम्बन्धबारे चर्चा चुलिएपछि साहिदले मुख खोलेका हुन् । उनीहरुले फिल्म ‘रंगुन’ मा सँगै काम गरेका छन् । उनले बाहिर चलेको खबरलाई लक्षित गर्दै आफुहरुबीच कुनै पनि मनमुटाब नरहेको समेत प्रष्ट पारेका छन् । उनले कंगना पनि फिल्म प्रोमोटको महत्व व्यक्ति भएको समेत बताएका छन् ।
उनले भनेका छन्,‘मेरो र कंगनाबीच कुनै मुद्धा छैन । म फिल्म रंगुनको प्रचारका लागि कंगना र सैफसँग जहाँ जतिखेर जान पनि तयार रहेको छु ।’ एक रिपोर्टमा भनिएको थियो कि कंगना र साहिदकाबीच सम्बन्ध नराम्रो भएका कारण फिल्मको प्रमोशोसन गर्न कंगना मानिरहेकी छैनन् ।