चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन’ को अफिसियल ट्रेलर र पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका सबै कलाकारहरुको मुखमा पैसा मात्र झुण्डिएको छ । ५ अर्ब पचाउन कतिसम्म संधर्ष गर्नुपर्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । नायक सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, बर्षा सिवाकोटी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो चलचित्रमा नायक सौगात मल्लको फरक लुक्स देख्न सकिने ट्रेलरबाटै अनुमान लगाउन सकिन्छ ।
मुकुन्द भट्टले निर्देशन गरेको यो चलचित्र युरोप र नेपालमा छायाँकन गरिएको हो । प्रकाशजंग शाह र प्रवेश पौडेलको संयुक्त कथा तथा लेखन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । डम्वर चन्दको निर्माण रहेको चलचित्रमा सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् ।