बलिउड नायिका करिना कपूरले गत डिसेम्बर २० मा छोरालाई जन्म दिइन्। बच्चा जन्माएको एक महिना पनि नहुँदै उनले आफ्नो फिल्ममा कमब्याक घोषणा गरेकी छिन्। दुई महिना मात्र ग्याप लिएर उनी पुनः काममा लाग्ने भएकी हुन्। एक फेशन कार्यक्रमको र्याम्पमा उनी एक भारतीय अनलाइन पोर्टलले जनाएको छ। आउँदो मार्चबाट भने उनी फिल्म छायँकनका लागि फ्लोरमा निस्कनेछिन्। ‘भिरे दि वेडिङ’ मा उनी सोनम कपूर र स्वारा भास्करसँग स्क्रिन सियर गर्दैछिन्। २०१६मा उनको उड्दा पंजाव र कि एण्ड का सार्वजनिक भएको थियो।