नेपाली सुगम संगीत तथा चलचित्र पार्श्व गायनका ‘वादशाह’ राजेशपायल राईले हजार भन्दा बढी गीतहरुमा आफ्नो आवाज मिसाइसकेका छन् । गएको महिना मात्र हिट एल्बम ‘दर्शन नमस्ते’ को तेस्रो एल्बम सार्वजनिक गरेका राजेशपायल राई नेपाली चलचित्र तथा आधुनिक गीतहरु रेकर्ड गराउनमा नै बढी जसो व्यस्त रहन्छन् । जब चार्डपर्वहरु सुरु हुन्छ तब त उनको आवाजमा गीत रेकर्ड गराउने सपना धेरैको चकनाचुर समेत हुन्छ । चार्डपर्व सुरु भएपछि उनको व्यस्तता अन्य गायकहरुको तुलनामा बढी नै हुने गर्छ । उनी बढी जसो विदेशमा हुने कार्यक्रममा व्यस्त हुने गर्छन । यो भन्दा गलत नहोला कि उनी नेपालका अन्य गायक-गायिकाहरु भन्दा कन्सर्ट लगायतका कार्यक्रमहरुबाट सबैभन्दा बढी आम्दानी गर्ने गर्छन ।
उनै गायक राजेशपायल राईसँग ‘सिनेखबर डटकम’ ले गरेको भिडियो कुराकानी हेर्नुस् :-