काठमाडौं । २४ बर्षीय इमाडोल निबासी आशा आचार्यलाई सानैदेखि ग्ल्यामर क्षेत्रमा रुची थियो । तर आफ्नो पढाई पहिला सकाउने त्यसपछि मात्र ग्ल्यामर क्षेत्रमा अघि बढ्ने सोच बनाएकी उनले हिमाल डेन्टल हस्पिटलबाट सी डी एस (सर्टिफिकेट इन डेन्टल साइन्स) पुरा गरिन । सी डी एस पास गर्ने बित्तिकै उनलाई जागिरको अफर आयो । हाल उनी किस्टमा डेन्टल हाइजेनिस्ट रुपमा कार्यरत छिन् । काम सँगसँगै उनले मोडेलिङमा प्रवेश गर्न मोडेलिङ सम्बन्धित विशेष तालिम लिईन् ।
मोडेलको रुपमा १२ वटा रेम्प शो ,३ वटा फेशन शुटका , २ वटा म्युजिक भिडियो साथै एउटा टेलीसिरियल काम गरि कम समयमा उनी ग्ल्यामरको क्षेत्रमा ब्यस्त बन्न पुगिन् । ग्ल्यामर क्षेत्रमा आफुलाई स्थापित गराउन हाल उनी आफ्नो कामबाट समय जोगाएर डान्स एव एक्टिंगको तालिम लिरहेकी छन् । भविष्यमा गएर ग्ल्यामर क्षेत्रमा नै रमाउने सोच बनाएकी आशाको पहिलो च्वाइस भने रेम्प शो रहेको बताइन ।
मोडेल : आशा आचार्य
फेशन स्टाइलिस्ट: जयन सुब्बा मानन्धर
मेकअप एव हेयर : सिर्जना कार्की
वार्डरोब : फेशन फ्लो,महाराजगंज
तस्बिर :कमल श्रेष्ठ