२०६२ सालमा मिस पुर्वाञ्चल जितेपछि हरिशा बानियाँलाई मोडलिंगको मोहले तान्यो । ग्ल्यामर क्षेत्रमा नै केही गर्छु भन्ने सोच बनाएर उनी राजधानी प्रवेश गरिन् । सोही अनुरुप मोडलिंगको व्यवसायिक तालिम लिनुका साथै, नृत्य र अभिनयमा पनि आफुलाई पोख्त बनाईन् । २ दर्जन फेशन शो, थुप्रै म्युजिक भिडियो, होर्डिंग बोर्ड ,पेपर एडहरुमा आफुलाई मोडलको रुपमा प्रस्तुत गरिसकेकी उनले हास्य टेलिश्रृखला मेरी बास्सैमा भुनियाको भूमिका पनि निर्वाहा गरेकी थिइन । आफुले गरेको म्युजिक भिडियोमा सबैभन्दा मनपरेको सताउँछ तिम्रो यादले रहेको बताउने हरिशाले यसमा तवायफको भूमिका निभाएकी छिन् । बेले नृत्यमा पोख्त भएकै कारण उनले विदेशमा समेत धेरैपटक आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । नेपालको ठुलो फेशन सप्ताहमा टि.जी.आई.एफ. मा पनि क्याटवाक गरिसकेकी उनले धेरै फेशन म्यागजिनहरुमा पनि कभर मोडल रुपमा प्रस्तुत भइसकेकी छिन् । हरिशालाई कलाकारिता भन्दा मोडलिंग नै मोह रहेको छ । अहिले उनी रेम्प शो एवं म्युजिक भिडियोमा ब्यस्त छिन् ।
मोडल स्रोत : दि रेम्प फेशन एव मोढलिंग एजेन्सी, अनामनगर
मेकअप एव हेयर : सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्बिर : कमल श्रेष्ठ