सानै देखि ग्ल्यामर क्षेत्रमा केही गर्छु भन्ने भावना बोकेकी चितवनकी सबिता पाण्डेको कलिलो उमेरमा बिवाह भयो । त्यसपछि उनी पारिवारिक जिम्मेवारीमा व्यस्त बन्न पुगिन् तर जति नै व्यस्त भए पनि उनले आफ्नो पढाईलाई भने निरन्तरता दिइन् । सन् २०१३ सालमा पोखराको स्थापित इभेन्ट कम्पनीले आयोजना गरेको “मिसेज पोखरा” मा सहभागी हुन् पुगिन् र “मिसेज पोखरा २०१३” को ताज जित्न सफल भईन् । साथै उनले “मिसेज क्याटवाक” को टाइटल पनि हात पारिन् । मिसेज पोखराको उपाधिले उनलाई अझ उत्साहित बनायो । मानविकीमा स्नाकोत्तर गरेकी सबितालाई अन्तर्रास्ट्रियस्तरको सौन्दर्य प्रतियोगितामा भाग लिने चाहना थियो र उनको त्यो इच्छा पनि पुरा भयो । २०१६ मा चार्इनाको हेनान शहरमा सम्पन्न “मिसेज ग्लोबल २०१६” मा सहभागी भएर उनले चाइनाको बसार्इमा अन्तर्रास्ट्रिय एक्सपर्टहरुबाट धेरै नै कुराहरु सिक्ने मौका पाइन् । “मिसेज ग्लोबल २०१६” मा उनलाई अर्को सफलता प्राप्त भयो । उनले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा “मिसेज एनेर्जेटिक” को उपाधि जित्न सफल भंइन् । चाइनाबाट फर्केपछि उनी धेरै रेम्प शोहरुमा ब्यस्त रहिन, उनको त्यो क्रम अहिले पनि जारी नै छ । त्यसबाहेक उनी आफ्नै बिजनेश “बिजनेश विनर्स स्पोर्ट्स” मा पनि ब्यस्त हुन्छिन् । ‘लायन्स क्लब पोखरा दर्शन’ को पहिलो महिला उपध्याक्ष समेत रहेकी सबिता पाण्डे आफ्नो बिजनेशसँगै ग्ल्यामर क्षेत्रमा पनि निरन्तरता दिने सोच बनाएकी बताउँछिन् ।