केकी अधिकारी र नाजिर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’ को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार यो फिल्म आगामी पौष २८ मा प्रदर्शन हुनेछ ।
फिल्मलाई मोफसलमा एफडी कम्पनिले प्रदर्शन गर्नेछ । फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरासिया लिड अभिनयमा छन् भने रेखा थापाको विशेष भुमिका रहेको बताईएको छ । तर रेखाको भुमिका के भन्ने भने निर्माण टिमले खुलाएको छैन् ।
स्कृप्ट राईटर यम थापाको डेब्यू निर्देशन रहेको फिल्मलाई एमके पौडेलले निर्माण गरेका हुन् । फिल्मको सम्पुर्ण छायांकन तराई भेगमा गरिएको छ । गत महिना नेपालगंजमा छायांकन सकाएर निर्माण टिम राजधानी फर्केको थियो । पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् ।