विभिन्न देशमा विभिन्न नाममा बर्षेनी दर्जनबढि अवार्ड समारोह हुँदै गर्दा पनि त्यसको विशेष महत्व भने राष्ट्रिय अवार्डले दिन्छ । अनि राष्ट्रिय अवार्डको चर्चा र गरिमा पनि छुट्टै हुन्छ । यो बीचमा बुधबार सम्पन्न भारतको प्रतिष्ठित राष्ट्रिय फिल्म अवार्ड वितरण भएको छ ।
राष्ट्रपति निवासमा सम्पन्न अवार्ड समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड अक्षयकुमारले जिते । उनले फिल्म ‘रुस्तम’बाट आफ्नो पक्षमा नेशनल अवार्ड पार्दा अभिनेत्री तर्फ सोनम कपुर उत्कृष्ट ठहरिईन् । सोनमले ‘निर्जा’ फिल्मबाट अवार्ड जितेकी थिईन् ।
राष्ट्रपति प्रणव मुखर्जीको हातबाट वितरण गरिएको अवार्ड समारोहमा प्रायः विधाका अवार्ड भाषिय तथा प्रान्तिय फिल्मले जिते । वलिउडमा कमै फिल्म अनि कमै कलाकारहरुले अवार्ड आफ्नो पक्षमा पार्न सफल रहे ।