मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र इद पर्वको अघिल्लो वर्षसम्म ‘ट्युनिङ’ राम्रै थियो । इदको मौका पारेर फिल्म रिलिज गर्ने सलमानका फिल्मले दुई सय देखि ३ सय करोडसम्म सामान्य रुपमा व्यापार गर्थे । आफ्नो फिल्म ‘बजरंगी भाइजान’ जस्तै यसपटक पनि सलमानलाई ‘ट्युबलाइट’ले बम्पर कलेक्सन गर्छ भन्न लागेको थियो । कबीर खानकै निर्देशन रहेको ‘बजरंगी भाइजान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै कबीरकै भर्खर रिलिज फिल्म ‘ट्युबलाइट’को व्यापार पट्यार लाग्दो छ ।
समाचार अनुसार सलमानको फिल्म रिलिज भएका सिंगल स्क्रिनहरुको व्यापार चौपट भएको छ । सिंगल थिएटरका लागि फिल्म वितरणको जिम्मा पाएका वितरकलाई अहिले ट्युबलाइट टाउको दुखाईको विषय बनेको छ । उत्तर प्रदेशका फिरोजावादका दुई थिएटरमा सलमानको फिल्म चले पनि फिल्मले नौ लाख रुपैंयाँ गुमायो । उत्तर प्रदेशकै माया सिनेमाले प्रभास अभिनित फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ र आमिर खानको फिल्म ‘दंगल’बाट कमाएको पैसा सलमानको फिल्मबाट गुमाउनुपरेको जनाएको छ । यी सिनेमाले स्थानीय रुपमा सलमानको फिल्मको वितरणको जिम्मा लिँदा मायाले झण्डै चार लाख बढी घाटा व्यहोरेको छ ।
समाचार अनुसार केही निर्माताहरु मुम्बई आएका छन् । उनीहरुले मुम्बईमा सलमानसँग भेटेर घाटा व्यहोरेको रकम क्षतिपूर्तिस्वरुप फिर्ता माग्ने तयारी गरेका छन् । सलमानको फिल्म हलिउड फिल्म ‘ए लिटल ब्वाई’बाट प्रभावित छ । सलमानले निर्दोष युवाको भूमिका निर्वाह गरे पनि न त उनको अभिनयको तारिफ नै भएको छ न त फिल्मको नै ।