अभिनेत्री केकी अधिकारीले आफैले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को छायांकनको क्रममा अर्की अभिनेत्री ऋचा शर्मामाथि बदमासी गरेकी छिन् । फिल्मको छायांकनको क्रममा केकीले ऋचालाई फ्रेमबाट हटाइदिएकी हुन् ।
निर्देशक विशाल भण्डारीले तयार पारेको एक फ्रेममा केकी र ऋचा अट्नुपर्ने थियो । यो दृश्यमा केकीको भन्दा ऋचाको संवाद बलियो थियो । यसैले, केकीले निर्देशक भण्डारीलाई भनेर आफूलाई मात्र फ्रेममा राखिन् । यो कुरा वुझेकी ऋचा सर्ट नै नदिई मेकअप रुममा पुगिन् ।
मेकअप रुममा पुगेकी ऋचा रिसले आगो थिइन् । उनलाई फकाउन निर्देशक विशाल भण्डारीलाई हम्मे हम्मे भयो । ऋचाले फेरि सर्ट त दिइन् । तर, केकी र उनको सम्बन्ध भने चिसियो ।