फिल्म ‘मिस्टर झोले’को प्रचारमा नदेखिएकी अभिनेत्री बर्षा राउत अष्ट्रेलिया पुगेकी छिन् । उनी, अष्ट्रेलिया पुगेपछि फिल्मको प्रचारमा अप्ठ्यारो भएको छ । उनी २ महिनापछि मात्र नेपाल आउनेछिन् ।
उनी अष्ट्रेलिया जानुको मुख्यकारण तौल घटाउनलाई मानिएको छ । आफ्नो तौल नेपाल बसेर नघटेपछि उनी सोहि बहानामा अष्ट्रेलिया उडेकी हुन् । बर्षाले १० केजी तौल घटाउने बताएकी थिइन् । अब, काम गर्ने प्रोजेक्टमा स्लिम देखिनका लागि आफूले १० केजी तौल घटाउने बर्षाले बताउँदै आएकी थिइन् ।
उनले, आफू आफन्तलाई सहयोग गर्न आएको बताएकी छिन् । तर, मुख्यकारण भने तौल घटाउनु नै रहेको श्रोतले बतायो । अभिनेत्री राउत पनि अष्ट्रेलिया उडेपछि फिल्म ‘मिस्टर झोले’को प्रचारमा अभिनेता दयाहाङ राई एक्लै परेका छन् ।