पौष २८ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर झोले’ले खडेरी लागेको बक्स अफिसलाई उकास्ने आशा गरिएको छ । नेपालमा समेत चर्चामा रहेको यो फिल्मको प्रिमियर हङकङमा पनि हुने भएको छ ।
यो फिल्मको हङकङ प्रिमियर जनवरी १४ मा हुने निर्माण टोलीले बताएको छ । मृगौला पीडित दिलुमाया गुरुङको सहयोगार्थ हुने यो फिल्मको शोमा कलाकारहरु दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबु गुरुङ सहभागी हुनेछन् ।
गुर्मा सेमेटेरिज ट्रस्ट प्रस्तुतीमा देव, जीवन, अरुण र टोपराजले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । यो फिल्मको शो अडिटोरियम यूएन लंग थिएटरमा बेलुकी ८ बजे हुनेछ । यो फिल्ममा वुद्धि तामाङ, बिजय बराल, प्रविन खतिवडा, बर्षा राउत, अरुणा कार्कीको मुख्य भूमिका छ । टेकेन खड्का निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन् ।