चलचित्र ‘पन्डित बाजेको लौरी’ निर्माण हुने भएको छ । अधृत फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारि, कुददिप अधिकारी लगायतका कलाकारले फिल्ममा काम गर्दैछन् ।
एउटा सानो गाउँ र त्यसभित्र हुने पन्डित्याइको भिन्न भिन्न कामलाई फिल्मले देखाउनेछ । दीपक ओलीले यो फिल्मको निर्देशन गर्दैछन् । थमनकुमारी भण्डारी र किशोर खड्काले यो फिल्म निर्माण गर्न लागेका हुन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहने फिल्ममा विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्लको संगीत रहनेछ ।