अभिनेता सैफअली खान र अभिनेत्री करिना कपुरका छोरा तैमुरअली खान मिडियामा चर्चामा छन् । तैमुरका साना-साना खबर पनि मिडियामा सार्वजनिक भैरहेका छन् । तैमुरका तस्बिरले इन्टरनेटमा चर्चा पनि पाउँछन् ।
तर, तैमुरको नामलाई लिएर पनि ठूलै विवाद भएको थियो । यो बिषयमा सोधिएको प्रश्नमा करिनाले भनेकी छिन्-‘पब्लिकको दबाबका कारण सैफ छोराको नाम परिवर्तन गरेर फैज राख्न चाहन्थेँ । तर, मैले नाम परिवर्तन गर्न मानिनँ ।’
करिनाका अनुसार, उनका छोरा तैमुर नाममै ठूला हुनेछन् र पछि आइरन म्यानको रुपमा उभिनेछन् ।