अभिनेत्री अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले सोमबार बिहे गरिन् । अशिष्माको यो एरेन्ज म्यारिज हो । पारिवारिक सहमतीमा बिहे भएको हो । नयाँ बानेश्वरमा बस्दै आएका व्यापारी नविन चन्द्र प्रधानसँग अशिष्माको बिहे भएको हो । अशिष्माको बिहेका थोरै मात्र फिल्मीकर्मी देखिएका थिए ।
अशिष्माले बिहेमा आफू खुशी र दुखी दुबै भएको बताइन् । आमालाई हुर्काएका बाबु आमाबाट थोरै मात्र भएपनि टाढा जानुपर्दा पीडा हुने उनको अनुभव छ । तर, आफूले नयाँ घरमा नयाँ जीवन सुरु गर्न लागेको अशिष्माले बताइन् । अशिष्माले करिअर भन्दा पनि परिवारको खुशीलाई रोजेको समेत स्पष्ट पारेका छन् । अशिष्मा र नविन बिहेमा खुशी देखिएका थिए ।
फिल्म ‘अन्तराल’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अशिष्मा विस्तारै सफलताको शिखरमा चढिरहेकी थिइन् । अशिष्मालाई बैबाहिक जीवनको शुभकामना ।