अभिनेता पुष्पल खड्काका लागि फिल्म ‘मंगलम’ले खुशीको खबर दिएको छ । यो फिल्म व्यापारिक रुपमा त सफल भएको छ नै, पुष्पलले सर्वाधिक चर्चा पाएका छन् ।
फिल्ममा पुष्पलले गरेको भूमिकाको चौतर्फी तारिफ पनि भैरहेको छ । पुष्पलले आफूलाई एउटा राम्रो कलाकारको रुपमा परिचित गराएका छन् ।
शुक्रबारदेखि रिलिज भएको फिल्मको व्यापार शनिबार राम्रो थियो । पुष्पल विभिन्न हलमा पुग्दा उनको क्रेज पनि देखियो । पहिलो फिल्म ‘दर्पण छाया २’को असफलताले निराश बनेका पुष्पलका लागि ‘मंगलम’ले आशा दिलाएको छ ।
अहिले, यो फिल्म चल्नुको पछाडि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई मुख्य मानिएको छ । यसैले, पुष्पलले स्टारडम सावित गर्न उनको अर्को फिल्म पनि चल्न जरुरी छ ।