अभिनेत्री बर्षा सिवाकोटी फिल्म ‘विर विक्रम २’को मुख्य भूमिकामा फाइनल भएकी छिन् । फिल्म ‘विर विक्रम’ले राम्रो कमाई गरेपछि निर्माता तथा निर्देशक मिलन चाम्सले यसको सिक्वेल बनाउने बताएका थिए । फिल्मको छायांकन जेठबाट सुरु हुनेछ ।
फिल्ममा अभिनेत्री बर्षा फाइनल भएको निर्देशक चाम्सले पुष्टी गरेका छन् । फिल्ममा ‘विर विक्रम’कै मुख्य कलाकार दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेन पनि मुख्य भूमिकामा रहेनछन् ।
फिल्ममा अभिनेत्री दिया पुन अतिथी भूमिकामा देखिनेछिन् । फिल्म ‘भैरे’मा काम गरेकी सिवाकोटी अहिले फिल्म ‘जय शम्भु’मा व्यस्त छिन् ।