चैत्र ३० गतेबाट अभिनेता दयाहाङ राइको मुख्य भूमिका रहेको फिल्म ‘नेप्टे’ रिलिज हुँदैछ । यो फिल्ममा अभिनेता राई पहिलो पटक खलपात्रको भूमिकामा छन् । सधै फिल्ममा हिरो बनेका दया यसपटक खलपात्र बन्दा दर्शकमा पनि कौतुहलता बढेको छ ।
यो फिल्ममा रोहित रुम्बा, छुल्ठिम गुरुङको पनि मुख्य भूमिका छ । यसपटक, फिल्ममा रोहित र दयाको भिडन्त पर्नेछ । देवकुमार श्रेष्ठले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्मको गीत र ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
यसैले पनि निर्माता तथा अभिनेता रोहित ‘नेप्टे’ चल्नेमा विश्वस्त छन् । कमेडी, रोमान्स र द्धन्द्धलाई फिल्मले रोचक तरिकाले प्रस्तुत गरेको रोहितले बताए ।