शुक्रबारदेखि फिल्म ‘नेप्टे’ रिलिज हुँदैछ । यो फिल्मका निर्माता तथा अभिनेता रोहित रुम्बा हुन् । उनले, यो फिल्मका लागि करोड बढी लगानी गरेको पनि बताएका छन् ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, वुद्धि तामाङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा पनि मुख्य भूमिकामा छन् ।
यो फिल्मका लागि आफूले जग्गा नै बेचेको रोहितले बताएका छन् । भक्तपुरको जग्गा बेचेको र केहि जग्गा बन्धकमा राखेको रोहितले बताएका छन् ।
रोहितले यो फिल्म नचलेको खण्डमा ५ बर्ष फिल्म नबनाउने र अरु काम पनि गर्ने बताएका छन् । रोहितले फिल्म राम्रो बनेको र कतै पनि दर्शकलाई बोरिङ नहुने पनि खुलाएका छन् ।
यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने भएकाले पनि दर्शकको साथ पाउनेमा विश्वस्त रहेको रोहित बताउँछन् ।