कटप्पाले बाहुबलीलाई किन मारे ? यो प्रश्न जान्नका लागी अडियन्स गएको बर्षदेखी ‘बाहुबली २’ (बाहुबली : द कन्क्लूजन) को प्रतिक्षा गरिरहेका छन् । फिल्मको पहिलो पार्टमा बाहुबली, भल्लाल देव, देवसेना र कटप्पा सहित सबै कलाकारहरु साउथ इण्डियसको साथ साथ हिन्दी अडियन्सको बीच पनि निकै पपुलर बनेका छन् । आज हामी सोही फिल्मका केही स्टार्सको केही तस्बिरहरु देखाउँदै छौ, जुन तपाईहरुले सायदै देख्नु भएको होला ।
भुमिका : बाहुबली/शिवा
एक्टर : प्रभास
प्रभास तेलुगु फिल्मका पपुलर स्टार हुन् । साल २००२ मा फिल्म ‘ईश्वर’ बाट उनले डेव्यू गरेका थिए । त्यसपछि उनले राघवेंद्र’ (2003), ‘वर्षं’ (2004), ‘चक्रम’ (2005), ‘योगी’ (2007), ‘एक निरंजन’ (2009), ‘रेबेल’ (2012) र ‘बाहुबली : द बिगनिंग’ (2015) जस्ता कयौं तेलुगु फिल्ममा काम गरेका छन् ।
भुमिका : देवसेना
एक्ट्रेस : अनुष्का शेट्टी
अनुष्काको रियल नाम स्वीटी शेट्टी हो । उनी साउथकी रगड़ु, सिंघम, सिंघम २, अरुंधति र रुद्रमादेवी जस्ता फिल्महरुमा काम गरेकी छिन् ।
भुमिका : कटप्पा
एक्टर : सत्यराज
सत्यराज तेलुगु फिल्मका एक्टर हुन् । तर उनले तमिल, मलयालम र कन्नड़ सहित कयौ भाषामा निर्माण भएका फिल्महरुमा काम गरेका छन् । बाहुबली भन्दा अगाडी उनले शाहरुख खान स्टारर बलीउड फिल्म चेन्नई एक्सप्रेसमा दीपिका पादुकोणको पिताको भुमिका निर्वाहा गरेका थिए ।
भुमिका : अवंतिका
एक्ट्रेस : तमन्ना भाटिया
तमन्ना खासमा साउथ इंडियन फिल्मकी पपुलर एक्ट्रेस हुन् । तर उनले बलीउड चलचत्रमा पनि काम गरेकी छिन् । उनले बाहुबलीको अलावा हिम्मतवाला र हमशकल्स जस्ता हिन्दी सिनेमामा पनि काम गरेकी छिन् ।