अभिनेता अन्नू कपुरको दावी अनुसार ओम पुरी आफ्नो अन्तिम दिनहरुमा धेरै नै प्रताडित थिए । ओमको गत शुक्रबार ६६ वर्षको उमेरमा निधन भएको थियो । यसबारेमा कुरा गर्दै ओमकी पहिलो श्रीमती सीमाका दाई अन्नू कपुरले भनेका छन् ‘आखिरी दिनमा नन्दिता र छोराले उनको बेइज्जत गर्थे र सायद यहि कारण थियो कि उनी फेरी सीमाको नजिक भएका थिए ।’
के के भने त अन्नू कपुरले ?
अन्नूले ओमकी कान्छी पत्नी नन्दिताको नाम नलिइकन भने ‘ओम पुरी साहब उदास थिए । उनलाई प्रताडित गरिन्थ्यो । जब कसैले आफ्नो परिवार, पत्नी र छोराबाट माया पाएन भने उ दुखी हुन्छ । फेरी उ त्यही जान्छ जसलाई उसले पछाडी छोडीदिएको थियो र यही कारण थियो कि ओम र सीमा फेरी नजिक भएका थिए ।’
अन्नूले भनेका छन् कि ओम पुरीले जब उनको बहिनी सीमालाई डिभोर्स दिए त्यसले सीमालाई ठूलो चोट पुगेका थियो । उनले धेरै सहेकी छिन् ।
अन्नूले भनेका छन् ‘सीमा र नन्दिताको बारेमा बताउनुपर्ने कुराहरु धेरै छन् तर अहिले यो ठिक समय होइन् । जब कसैले घर तोड्छन् त कसरी तपाई खुसी हुन सक्छ ।’
पुलिसको सम्पर्कमा छन् अन्नू
अन्नू कपुरले बताएका छन् कि उनी लगातार मुम्बई प्रहरीसँग सम्पर्कमा छन् । उनले यो पनि भने सीमाले प्रहरी जाँचमा सहयोग गर्नेछिन् । प्रहरीले आवश्यक सोधपुछ गर्न सक्नेछ ।
उनले भनेका छन् ‘यो हाइ प्रोफाइल म्याटर हो । त्यसैले प्रहरीले आफ्नो जाँच सहि किसिमले गर्ने छ । यो प्राकृतिक मृत्यु हो या यसको पछाडी केही छ यसको पत्ता प्रहरीले जरूर लगाउने छ ।’