सौगात मल्ल स्टारर चलचित्र ‘डाइङ क्यान्डल’ को ट्रेलर रिलिज भएको छ । अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा तीन मुख्य विधामा मनोनीत र सिनेम्याटोग्राफी विधाको पुरस्कार जितेको ‘डाइङ क्यान्डल’ को ट्रेलरसँगै निर्माणपक्षले चलचित्रको रिलिज मिति माघ २८ गतेलाई फाइनल गरेको छ । नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डाइङ क्यान्डल’ मा सृजना सुब्बा, लाक्पा सिङगी तामाङ, सौगात मल्ल, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका रहेको छ । उत्तम फिल्मस्, नेश्नल मिडिया र मदर पिक्चर्सको संयुत्त प्रस्तुती रहेको चलचित्र ‘डाइङ क्यान्डल’ मा रविन आचार्य, विमल सुवेदी र उत्तम केसीको संयुत्त लगानी रहेको छ । रविन आचार्य र दिपाङ्कर सिक्देरको सिनेम्याटोग्राफी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्रले दिदी र भाईको आत्मिय सम्बन्धलाई देखाउँछ ।