अभिनेत्री प्रियंका चोपड़ाले अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा निकालिएको महिला र्यालीलाई समर्थन गरेकी छिन् । यो र्याली ट्रम्पद्वारा अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिएको एकदिनपछि निकालिएको थियो ।
बहरहाल, शूटिंगमा व्यस्त भएका कारण ३४ बर्षिय प्रियंकाले शान्तिपूर्ण विरोध प्रदर्शनमा हिस्सा लिन पाइनन् । उनले ट्विटरमा लेखिन्, ‘‘महिला र्यालीमा सहभागी सबै बहिनीहरु र पुरुष दाजु भाईप्रति मलाई गर्व छ । म व्यथित हुँ किनकी म सहभागी हुन पाइन । महिलाहरुको अधिकार मानवाधिकार हो ।’’ हलीउडमा प्रियंकको पहिलो फिल्म ‘‘बेवाच’’ हो जसको शूटिंगको शिलशिलामा अहिले उनी लस एन्जिलिसमा छिन् । फिल्ममा वायने जन्सन, ज्याक एफ्रोन र अलेग्जान्द्र डेडारियो पनि छन् ।