‘एम एस धोनी : द अनटोल्ड स्टोरी’ को सक्सेसपछि एक्ट्रेस दिशा पाटनीको नयाँ फिल्म कुंग फू योगा ३ फेब्रअरीको भारतमा रिलिज हुँदैछ । त्यसो त, दिशा आफ्नो फिल्म भन्दा बढी बलीउड अभिनेता टाइगर श्राफसँगको रिलेशनसिपका कारण चर्चामा आइरहेकी छिन् । हालैमा मिड डेमा दिएको अन्तर्वार्तामा दिशाले टाइगरसँगको सम्बन्धको विषयमा मुख खोलेकी छिन् । दिशाले भनिन्, ‘सत्य भनु भने म बोरिंग पर्सन हुँ । मेरी जिन्दगी फिल्म सेट, जिम र घरमा मात्र वित्ने गर्छ । मैले कहिले पनि टाइगरलाई आफ्नो लाइफको बारेका केही पनि बताएको छैन । मान्छेहरु मलाई सोध्ने गर्छन तब म अस्वीकार गर्छु । मैले केही पनि लुकाएको छैन र मान्छेहरुलाई मैले कहिलेपनि टाइगरको विषयमा सोध्न रोक पनि लगाएकी छैन । मलाई आफ्नो पर्सनल लाइफको विषयमा बोल्नका लागि लाज लाग्दैन । हो, म टाइगरको नजिक छु । हामी मिल्ने साथी हौं । साथीसँग पार्टी वा रातमा खाना खानु कुनै अनौठो कुरा पनि होइन ।’