गायिका टेलर स्विफ्ट चाहन्छिन् कि उनको बेवर्ली हिल्स स्थित घरलाई ल्याण्डमार्क घोषित गरियोस् । शेक इट अफ जस्ता सुपरहिट फिल्म समेत दिइसकेकी टेलर आजकाल आफ्नो घरको मर्मत गराइरहेकी छिन् । यो घरको मालिकको हक पहिला हलीउड निर्माता सैमुअल गोल्विनको परिवारसँग थियो ।
यो घरको निर्माण १९९३ मा भएको थियो र टेलर उसको रिपेयरिंग गरेर पहिला जस्तै बनाउन चाहेकी छिन् । टेलरले यो घरलाई ल्याण्डमार्क घोषित गर्नका लागि बेवर्ली हिल्स कल्चरल हेरिटेज कमीशनबाट मन्जुरी समेत प्राप्त गरिसकेकी छिन् ।
यो संगठनका पाँच सदस्यहरुले ११ जनवरीमा भएको मतदानमा टेलरको यो नयाँ ६ बेडरूम र पाँचच बाथरूम भएको १०९८२ वर्गफीटको घरलाई स्थानीय ल्याण्डमार्क घोषित गर्ने पक्षमा मत दिएका थिए ।







