सलमान खान र शाहरूख खान फिल्म ‘ट्यूबलाइट’ मार्फत एकसाथ ठूलो पर्दामा देखिदैछन् । शाहरूखले यो फिल्मको शूटिंग पनि सकाइसकेका छन् । शाहरुख खानले यो फिल्ममा केमियो गरेका छन् । फिल्ममा शाहरूख एक जादूगरको भूमिकामा देखिनेछन् र उनको रोलको जुन डीटेल्स बाहिर आएको छ त्यसबाट यो के तय भएको छ भने यो फिल्म हलीउड फिल्म द लिटिल ब्यायको रिमेक हो ।
फिल्ममा शाहरुख खान एक जादूगरको भूमिकामा देखिनेछन् जबकी असलीमा यो भूमिका एक तान्त्रिकको थियो जो एक सानो बच्चालाई यो विश्वास दिन्छन् कि उनी हराएको पिता खोज्न सक्छन् । र, शाहरूखले यो जादूगरको भूमिका निर्वाहा गरेका छन् । ट्यूबलाइटमा सलमान र सोहेल दाई भाई बनेका छन् । सलमानको स्मरण शक्ति कमजोर भएका कारण उनलाई मानिसहरु ट्यूबलाइट भनेर बोलाउने गर्छन । यसै बीच १९६४ को युद्धमा उनका भाई भाई सोहेल जान्छन् तर फर्किएर आउँदैनन् । त्यसैले सलमान खान सोहेललाई खोज्न हिँड्छन् । र, यही सफरमा उनको भेट हुन्छ फिल्मकी हिरोइन ज़्हू ज़्हूसँग । फिल्मको कथा यसै वरीपरि घुम्नेछ ।