बैशाख १ गतेलाई रिलिज मिति लक गरिएको चलचित्र ‘घामपानी’ को पहिलो गीत रिलिज भएको छ । केकी अधिकारी र दयाहाङ राई फिचरिङ ‘पञ्छी’ बोलको गीतमा काली प्रसाद बाँस्कोटाको स्वर र शब्द रहेको छ । गीतलाई नायिक केकी आफैले कोरियोग्राफी गरेकी हुन । दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ मा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता मणिराम पोखेरल हुन् । यो चलचित्रले एउटै गाउँका दुई फरक जातिका यूवा र यूवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उचारचढाव र आफ्नो प्रेम सम्बन्ध सफल बनाउन उनीहरुले गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ भने पाश्र्व संगीत रोहित शाक्यको छ ।