फिल्मको विजनेशको मामिलामा आमिर खानले भारतमा सलमान, विदेशमा शाहरुखलाई धेरै पछाडी छोडिदिएका छन् । आमिर खानको ‘दंगल’ विदेशमा सबैभन्दा बढी कमाई गर्ने पहिलो इण्डियन फिल्म समेत बनेको छ । यो मामिलामा शाहरुख खान निकै पछाडी परेका छन, जो आजभन्दा ५ बर्ष अगाडी विदेशी मार्केटमा अनडिस्प्यूटेड किंग थिए । उनको पपुलारिटी र बिजनेस आमिर र सलमान खान भन्दा धेरै अगाडी थिए ।
केवल शाहरुख मात्र यस्ता एक्टर थिए, जसको फिल्मले विदेशी बजारमा ५० देखी ६५ करोड रुपैयाँसम्म विजनेश गर्ने गर्थ्यो । आमिरको ‘थ्री इडियट्स’ र सलमानको ‘बडीगार्ड’ विदेशी बजारमा गेम चेन्जर साबित भयो । बक्स अफिस कलेक्शन, फुटफलको आधारमा हेर्ने हो भने ‘दंगल’ ४.५ करोड, ‘सुल्तान’ ४ करोड र ‘रईस’ २ करोड व्यक्तिले मात्र देखे ।