बलीउड अभिनेत्री हुमा कुरेशी पछिल्ला दिनहरुमा अक्षय कुमारका साथ धेरै नै समय बिताइरहेकी छिन् । अक्षय र उनी फिल्म ‘जोली एलएलबी २’ को प्रचारमा व्यस्त रहेका छन् । अक्षय कुमारसँग काम गर्न पाएकोमा खुसीको महसुस गरेकी अभिनेत्री भन्छिन्,‘फिल्ममा मैले पनि राम्रै अभिनय गरेकी छु जसका कारण म छायाँमा पर्छु जस्तो मलाई लाग्दैन ।’ सोही प्रश्न अक्षय कुमारलाई पनि गरिएको थियो । उक्त प्रश्नको जबाफमा अक्षयले आफुले सबै अभिनेत्रीलाई सम्मानको नजरले हेर्ने बताएका थिए ।
उनले भने,‘जोली एलएलबी २ को क्रममा मैले हुमाका लागि खाना बनाएको थिए ।’ अक्षयसँग काम गर्दा आफुलाई कुनै दबाब महसुस नभएको समेत हुमाले बताएकी छिन् । हुमाले भनिन्,‘मैले कहिल्यै पनि दबाबको महसुस गरिन । अक्षयका कारण त झनै गरिन । मलाई उनको फिल्म मनपर्छ । एयरलिफ्ट मेरो बेस्ट फिल्म हो ।’ उनीहरुको अभिनय रहेको फिल्म ‘जोली एलएलबी २’ आजबाट प्रदर्शनमा आएको छ ।