हलीउडस्टार ह्यूज ज्याकमेन हालैमा नाकको क्यान्सरको सर्जरीबाट गुज्रिएका छन् । यो उनको छैटौं पटक गरिएको सर्जरी हो । इंस्टाग्राममा यो जानकारी दिँदै उनले आफ्नो लेटेस्ट तश्वीर पनि शेयर गरेका छन् । ४८ बर्षका ह्यूज स्किन क्यान्सरबाट पनि पीडित छन् । तर, क्यान्सर ट्रीटमेन्टपछि भने उनको कन्डीशनमा निकै इम्प्रूवमेन्ट आएको छ र यो आश गरिएको छ कि उनको लाइफ चाँडै नै नर्मल ट्रयाकमा फर्किनेछ । उनले स्किन क्यासर डाइग्नोज हुन साथ अर्ली स्टेजमा नै ट्रीटमेन्ट सुरु गरेका थिए । यसपछि उनी आफ्नो फ्यान्सहरुलाई स्किन सेफ्टीका लागि अवेयर गरिरहेका छन् । ह्यूजको चाँडै नै फिल्म ‘लोगन’ रिलिज हुँदैछ ।