 २००१ को सुपरहिट चलचित्र हो, ‘दर्पण छायाँ’ । गीत-संगीतले मात्र होइन बलियो कथावस्तु र कलाकारहरुको अभिनयले १६ बर्ष पछाडी पनि यो चलचित्र नेपाली दर्शकहरुका लागि उतिक्कै प्रिय छ । निरुता सिंह, दीलिप रायमाझी, उत्तम प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रलाई पाका निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन ।
२००१ को सुपरहिट चलचित्र हो, ‘दर्पण छायाँ’ । गीत-संगीतले मात्र होइन बलियो कथावस्तु र कलाकारहरुको अभिनयले १६ बर्ष पछाडी पनि यो चलचित्र नेपाली दर्शकहरुका लागि उतिक्कै प्रिय छ । निरुता सिंह, दीलिप रायमाझी, उत्तम प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रलाई पाका निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन ।
चलचित्र ‘दर्पण छायाँ’ मा ‘नयाँ गीत गाऊ भने’, ‘लहनाले जुरायो कि’, ‘न चिने सम्म को हो को हो’, ‘उकालीको डाँडै डाँडा’, ‘त्यो डाँडा पारी यो डाँडा वारी’ र ‘बैशालु मनले रोजेको सपना’ बोलका गीतहरु समोबश थिए । यी गीतहरुका कारण पनि चलचित्र ‘दर्पण छाँया’ले नेपाली बक्स अफिसमा राम्रै पैसा बटुल्न सफल भयो भन्दा सायद गलत नहोला । किनकी गीत-संगीतले पनि हलसम्म दर्शक तान्न महत्वपूर्ण भूमिका खेल्छ ।
आज १६ बर्षपछि यही चलचित्रको नामको पछाडी ‘टु’ थप्दै निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ तयार पारेका छन् । अनुभवी र पुराना निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ २’ यही महिनाको फागुन २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
चलचित्रको नाम र निर्देशक तुलसी घिमिरे आफैमा एउटा ब्राण्ड हुन, त्यस कारण पनि ‘दर्पण छायाँ २’ हेर्न दर्शकहरुको ताँती हलसम्म लाग्नेमा दुई मत छैन । तर, एउटा प्रश्न अहिले प्रत्येकको मनमा के उब्जिरहेको छ भने, ‘तुलसी घिमिरेले पुरानै ठर्रामा त चलचित्र तयार पारेका छैनन् ?’ यो प्रश्नको उत्तर भने निर्देशक घिमिरेले बारम्बार दिइरहेका छन् । उनी भन्छिन, ‘नाम मात्र पुरानो हो, कथा अहिलेका दर्शकहरुले रुचाउने नै प्रस्तुत गरेका छौं ।’
‘दर्पण छाँया’ मा काम गरेका कुनै पनि कलाकारहरु यो चलचित्रमा छैनन्, यस कारण पनि निर्देशक तुलसी घिमिरेले दर्शकहरुलाई हलसम्म तान्न भने राम्रै कसरत गर्नु पर्ने देखिन्छ । नाम ब्राण्ड भइसकेका कारण पव्लिसिटीमा कम दौडदा हुने भयो तर नयाँ कलाकारहरुका कारण रिजल्ट चाहिँ कस्तो आउने हो त्यसको प्रतिक्षा अहिले प्रत्येक चलचितत्रकर्मीदेखी दर्शकहरुले गरिरहेका छन् । तर, निर्देशक देखी कलाकारहरुलाई अहिले ‘दर्पण छायाँ’ को खास जोगाउन सकिन्छ कि सकिदैन भन्ने कुराले पनि खुबै पिरोलेको छ ।
दीलिप, उत्तम र निरुताले कार्यव्यस्तताका कारण काम गर्न नसकेपछि निर्देशक तुलसी घिमिरेले नव-कलाकारहरु पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईलाई मुख्य भुमिकामा उभ्याउँदै ‘दर्पण छायाँ २’ तयार पारेका हुन । फरक कथावस्तुमा निर्माण भएका कारण चलचित्र ‘दर्पण छायाँ २’ सिक्वेल नभएको निर्देशक घिमिरे बताउँछन् ।
चलचित्र ‘दर्पण छायाँ २’ को कथा निर्देशक तुलसी घिमिरे आफैले लेखेका हुन । चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईका अलवा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् ।
 
                                                                                               







 
			   
			   
			   
			   
			  