बलीउडमा स्टार्स किड्सको इन्ट्री पछिल्लो समय खुबै चर्चाको विषय बनिरहेको छ । यस्तैमा, बलीउडस्टार आमिर खानकी छोरी इराले पनि बलीउडमा आफ्नो पाइला राख्ने तयारीमा रहेको खबर बाहिर आएको छ । खबरका अनुसार, इरा म्यूजिशियन राम संपतसँग बलीउडमा डेब्यू गर्दैछिन् । इराले राम संपतको असिस्टेन्ट भएर बलीउड यात्रा सुरु गर्ने तयारीमा रहेको बताइएको छ ।
आमिरकी छोरी इरालाई बाल्यकालदेखी नै म्यूजिकमा खास लगाव छ । यसैले पनि इराले म्यूजिकमा क्रिएटिवध, प्रोडक्शन र मैनेजमेन्ट गर्नका लागि राम संपतको टीम चुनेकी हुन । इरा आमिरकी पहिलो श्रीमती रीना दत्ताकी छोरी हुन ।