नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइराला चाँडै एक यूवतीलाई एडप्ट गर्न चाहिरहेकी छिन् । मनीषाका अनुसार, डिसेम्बरमा उनी क्यान्सरबाट मुक्त भएको पाँच बर्ष पुरा हुनेछ र यदी सबै कुरा ठिक रह्यो भने उनी एक यूवतीलाई एडप्ट गर्ने पूरा तयारीमा छिन् ।
एक यूवतीलाई एडप्ट गर्ने जिम्मेवारी लिएर उनी ति यूवतीसँग आफ्नो जिन्दगीको अनुभव बाढ्न चाहन्छिन् । जीवनको पाठशालामा सिकिएको पाठ उनले एडप्ट गरेको छोरीलाई काम लाग्नेछ । यस विषयमा कुरा गर्दै मनिषाले भनिन्, ‘म ढुक्क छु कि सबैकुरा आफ्नो स्थानमा पहिलाको जस्तै गरि सही होस । म चाहन्छु कि म एक यूवती एडप्त गरुँ र ति यूवतीसँग म मनका सबै कुरा भन्न सकुँ ।’
मनिषा बलीउडमा फेरी एकपटक इन्ट्री गर्न गइरहेकी छिन् । यसपटक उनले संजय दत्तको बायोपिकमा उनकी आमा नरगिसको रोल निभाउनेछिन् । यो फिल्ममा रणबीर कपूर संजय दत्तको भूमिका निर्वाहा गर्दैछन् ।