टिभीमा काम गर्ने कमेडियनहरु दर्शकहरुलाई हँसाउनका लागि कुनै कसर बाँकी राख्दैनन् । उनीहरुको प्रोफेशनल लाइफ सबैको अगाडी हुन्छ तर पर्सनल लाइफको विषयमा भने कमै व्यक्तिहरु जान्दछन् । कमै व्यक्ति यो जान्दछन् कि गुत्थीले चर्चित द कपिल शर्मा शोमा काम गर्ने सुनील ग्रोवर विवाहित हुन । एक अन्तर्वार्ताको दौरानमा उनले बताएका थिए कि उनको श्रीमतीको नाम आरती हो र उनी इन्टीरियर डिजाइनर हुन । यति मात्र होइन सुनील एक छोराका पिता समेत हुन । सुनील ग्रोवर कपिलको शोमा गुत्थीको भूमिका निर्वाहा गरेपछि चर्चित भएका थिए । हाल उनी द कपिल शर्मा शोमा डाक्टर मशहूर गुलाटीको भूमिकामा आफ्नो कमेडि प्रस्तुत गर्ने गर्छन । सुनील ग्रोवरका अलवा राजू श्रीवास्तव, चंदन प्रभाकर, राजीव ठाकुर, अहसान कुरैशी, अली असगर, कीकू शारदा, सुनील पल र कृष्णा अभिषेक यस्ता कमेडियन हुन, जो दर्शकहरुमाझ खुबै चर्चित छन् । यी सबै कमेडियनहरु विवाहित हुन ।