९ बर्षदेखी चलिरहेको पपुलर शो ‘तारक मेहता का उल्टा चश्मा’ का एक महत्वपूर्ण पात्रले शोबाट अलविदा गरेका छन् । हामी कुरा गर्दैछौं जेठालाल (दिलीप जोशी) र दया भाभी (दिशा वाकाणी) का रिल लाइफ छोरा टप्पूको । यो भूमिका निर्वाहा गर्ने भव्य गांधीले शो छाडेका छन् । यो कुराको पृष्टि भव्यकी रियल आमाले गरेकी छिन् । एक लीडिंग वेबसाइटसँग कुराकानी गर्दै उनले भनिन्, ‘हो, नयाँ अपर्चुनीटीजका लागि उसले शो छोडेको छ ।’
करिब १९ बर्षका भव्य गांधी ‘तारक मेहता का उल्टा चश्मा’ का ति स्टार्सहरु मध्येका एक हुन, जसले ‘तारक मेहता का उल्टा चश्मा’ को सुरुवातको एपिसोडदेखी नै जोडिएका थिए । २००८ मा उनले यो शो ज्वाइन गरेका थिए ।