बलीउडस्टार सलमान खान र शाहरुख खानलाई आमिर खान भन्दा ठूला स्टार मानिन्छ । तर, बक्स अफिसको दौडमा भने सधै आमिर खानले यी दुबै खानहरुलाई पछाडी छोडिदिने गरेका छन् । बलीउडमा पहिलो सय करोड, पहिलो दुई सय करोड र पहिलो तीन सय करोड क्लबको फिल्म आमिर खानको नाममा छ । ‘दंगल’ त झनै चार सय करोड कै मुखमा गएर रोकिएता पनि यो फिल्मले सर्वाधिक कलेक्सन गर्दै आमिर खानको नाममा राखिदिएको छ ।
सलमान खान निकट स्रोतका अनुसार यस पटक भने सलमानले आमिरलाई बक्स अफिसमा पछार्ने सोच बनाएका छन् । उनको यो वर्षको पहिलो फिल्म ‘ट्युवलाईट’ इदमा प्रर्दशन हुँदैछ । सलमान यो चाहन्छन् कि फिल्मले केवल दंगलको कलेक्सनलाई जित्ने मात्रै होइन कि चार सय करोड क्लबको पहिलो फिल्म पनि बनोस ।
आमिर खानले पनि दंगलको प्रर्दशन पहिले ‘मिसन ४०० करोड’ नामक एक प्लान बनाएका थिए तर धेरै कोसिस गर्दा पनि फिल्मले यो आँकडा पार गर्न सकेन ।