बलीउडकी सदाबहार अभिनेत्री रेखाले आफ्नो सिउँदोमा लगाउने सिन्दूरको खुलासा भएको छ । उनका श्रीमान मुकेश अग्रवालको त धेरै बर्ष अगाडी नै निधन भइसकेको छ ।
मिडियामा आएको खबरका अनुसार, हालैमा यासिर उस्मानको किताबमा रेखा र सञ्जय दत्तको गोप्य विवाहको विषयले अहिले बलीउडमा तहल्का पिटेको छ । यासिरको किताब ‘Rekha The Untold Story’ का अनुसार, १९८४ मा आएको फिल्म ‘जमीन आसमान’ को शूटिंगको क्रममा रेखा र सञ्जय नजिक भएका थिए । संजयका अलवा रेखाको नाम प्राय सधै नै अमिताभ बच्चनसँग जोडिएको थियो । तर, अमिताभको जिवनमा जया बच्चनको इन्ट्रीपछि रेखा एक्लै भएकी छिन् । यसै कारण पनि रेखा सञ्जयको निकै नजिक पुगेकी थिइन ।
रेखाको कयौं दर्दनाक कथा यो किताबमा समाबेश गरिएको छ । तर, सोच्ने कुरा त यो छ कि कयौं दुखहरुका बीच पनि रेखाले कहिले हरेश भने खाइनन् ।