टिभी शो ‘नागिन’ का मुख्य कलाकार करणवीर बोहराको हालैमा एक्सिडेन्ट भएको छ । खासमा, करणवीर आफ्नो फिल्म हमें तुमसे प्यार कितनाको शूटिंगका लागि गुजरातको भुज गइरहेका थिए । त्यसै दौरान विहान ७ बजे भरूचको नजिक एक ट्रकले गलत साइडबाट आएर उनको कारलाई ठक्कर दिएको थियो । एक्सीडेन्ट यति भयानक थियो कि कार पूर्ण रुपमा टुट्यो ।
एक्सीडेन्टपछि फिल्मको शूटिंग रद्द गरिएको छ र उनी मुम्बई फर्किएका छन् । एक्सीडेन्ट पश्चात करणवीरले भने, ‘भगवानलाई धेरै धेरै धन्यवाद कि मलाई धेरै चोट लागेन । झटका लागेका कारण थोरै ब्याकमा चोट लागेको छ ।’ करणवीरले यो कुरा आफ्नो इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै फ्यानहरुलाई बताएका छन् । बताइदिउँ कि एक्सीडेन्टको दौरान करणवीरसँग उनकी बहिनी शिवांगी बोहरा र को-स्टार प्रिया बनर्जी पनि थिए ।