अभिनेता टाइगर श्राफसँग रोमान्सको खबरका कारण दिशा पटानी अहिले निकै चर्चामा छिन् । अभिनेत्रीले यसको जबाफमा भनिन् कि उनलाई यस्ता खाल्का हल्ला मन पर्दैन ।
दिशाले बताइन, ‘कसैलाई पनि यस्ता खाल्का खबरहरुमा पर्न मन लाग्दैन तर म यो स्वीकार गर्छु कि यो मेरो कामको हिस्सा हो । मैले यो काम चुने । यदी मलाई यो राम्रो लाग्दैन थियो भने मैले अरु काम रोज्न सक्थे । म बाहिर गएर यो भन्न सक्दिन थिए कि मलाई यो मन पर्दैन ।’
दिशालाई पोन्ड्सको ब्राण्ड एम्बेसडरमा चुनिएको छ । उनी भन्छिन्, ‘मलाई खासै अरुसँग घुलमिल हुन मन लाग्दैन । म एक नन सोशल (गैर सामाजिक) व्यक्ति हुँ । म निकै लजाउने यूवती हुँ, तर मलाई यसले कुनै फरक पार्दैन । यदी तपाई पर्दामा आइरहनु भएको छ र सार्वजनिक मञ्चमा हुनुहुन्छ भने तब मान्छेहरु उसको (स्टारको जिन्दगी) बारेमा जान्न चाहन्छन् । यदी मेरो काममा ध्यान दिइरहेका छन् भने त्यसले मलाई कुनै फरक पार्दैन ।’