हलीवुड जोडी एन्जेलिना जोली र ब्राण्ड पिटले गएको बर्ष बर्ष डिभोर्स लिए र एकअर्काबाट टाढा रहेपनि तर अभिनेत्री जोलीले भनेकी छिन्, ‘अहिले पनि हामी एक परिवार हौं र सधै रहनेछौं ।’ ‘पीपल म्यागजीन’ को खबरका अनुसार, जोलीले पहिलो पटक आफ्नो बहुचर्चित डिभोर्सको विषयमा मुख खोलेकी छिन् । उनले २०१६ सेप्टेम्बरमा पिटबाट अलग रहनका लागि अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।
जोलीले कम्बोडियामा ‘बीबीसी वर्ल्ड न्यूज’ का यालदा हकीमसँग भनिन्, ‘ म यस विषयमा धेरै बोल्न चाहन्न् तर त्यो समय निकै मुश्किल थियो । र, हामी एक परिवार हौं र सधै एक परिवार नै रहने छौं । हामी यो अबस्थाबाट पनि निक्लिने छौं र मलाई पूरा विश्वास छ कि हामी एक असल परिवार भएर उभिने छौं ।’’ जोली आफ्नो फिल्म ‘‘फर्स्ट दे किल्ड माय फादर’ को प्रचार गर्नका लागि कम्बोडिया पुगेकी थिइन ।
यो प्रोजेक्ट उनको दिलसँग पनि निकै नजिक छ किनकी उनले आफ्नो पहिलो बच्चा (मैडोक्स) कम्बोडियाको अनाथालयबाट बर्ष २००२ मा एडप्ट गरेकी थिइन । यसका अलवा पनि जोलीको अरु ६ बच्चा पनि छन् । उनले भनिन्, ‘ केही व्यक्तिहरु यस्तो समस्याको सामना गर्छन । म, मेरो परिवार…हामी सबै मुश्किल परिस्थितीबाट गुज्रिरहेका छौं । मेरो ध्यान अहिले पूरा बच्चामा छ ।’