बलीउड एक्टर रणबीर कपूर अहिले बलीउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित भएर निर्माण भइरहेको फिल्ममा सञ्जय दत्त जस्तै देखिने प्रयास गरिरहेका छन् । यस विषयमा रनबीरले भने कि योभन्दा पहिला उनको वजन कहिले यति थिएन ।
रनबीरले सोमवार मोल फ इण्डिया स्थित पीवीआर ईसीएक्समा भारतको पहिलो एचपी वर्चुअल रियलिटी (वीआर) लाउन्जको उद्घाटन गरे । राजकुमार हिरानीको निर्देशनमा सञ्जय दत्तको जीवनमा बनेको फिल्मको अहिलेसम्म नाम भने राखिएको छैन । यस फिल्ममा दत्तको २२ बर्षको उमेरदेखी जीवनको सात अलग अलग चरणहरु देखाइनेछ ।
रनबीरले भने, “राजकुमार हिरानी जस्तो निर्देशकसँग काम गर्न पाउनु अद्भुत हो ।” वर्चुअल रियलिटीदेखी मानिसहरु सिनेमा हलमा गएुर मूभी देख्दा कुनै असर त हुँदैन ? यस प्रश्नको उत्तर दिँदै रनबीरले भने, ‘यो कुराको डर त छ कि ग्याजेटका धेरै भन्दा धेरै प्रयोगका कारण सिनेमाघरहरुमा फिल्म हेर्नेको संख्यामा कमी आउन सक्छ । तर, राम्रो फिल्म सधै चल्छ ।’