‘द कपिल शर्मा शो’ गएको हप्तादेखी कन्ट्रोवर्सीका कारण खुबै चर्चामा छ । उसैबीच यस हप्ताको सिरियल टिआरपी पनि बाहिर आएको छ । जसपछि हर कोहिँ यो जान्नका लागि इच्छुक छ कि सुनील ग्रोवर ‘द कपिल शर्मा शो’ बाट गएपछि कस्तो हालत छ ? के राजू श्रीवास्तव र सुनील पोललाई लिएपछि शोको टिआरपीमा केही असर पुगेको छ ? तपाईहरुलाई बताइदिउँ कि सुनीलले शो छोडेपछि ‘द कपिल शर्मा शो’ को टिआपी निकै नाजुक छ । यतिसम्मकी शो टप टेनको लिस्टबाट समेत बाहिरिएको छ ।
टिभी शो ‘नागिन-२’ ले सबै शोजलाई पछाडी पारेको छ । गएको हप्ता जस्तै यस हप्तापनि ‘नागिन’ नम्बर वान पोजिसनमा छ । यसपछि टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’, ‘कुमकम भाग्य’, ‘तारक मेहता का उल्टा चश्मा’ ‘कर्मफल दाता शनि’ लगायतका केही शोजहरु टप टेनको लिस्ष्टमा सामेल छन् । सुनील ग्रोवरलाई अष्ट्रेलया टूरको बखत कपिल शर्माले जुत्ता फुकालेर कुटेपछि सुनील उर्फ डा् महसूर गुलाटीले शो छाडेका थिए, त्यसपछि ‘द कपिल शर्मा शो’ को टिआरपी निकै पछाडि परेको छ ।