८० को दशकमा रामसे ब्रदर्सद्वारा निर्मित हरर फिल्मका भूत ‘सामरी’ को भूमिका निर्वाहा गरेका अनिरुद्ध उर्फ अजय अग्रवाल लामो समयदेखी ठूलो पर्दाबाट गायब छन् । रिल लाइफमा लामो लामो दाँत, रातो आँखा र अनुहारमा रगतको दागबाट दुनियाँलाई डराएका ६ फिट ७ इन्च अग्ला अनिरुद्ध रियल जिन्दगीमा भने इन्जिनियर हुन । बर्ष २०१० मा रिलिज भएको प्रोड्यूसर-डायरेक्टर विल्सन लुईसको हरर फिल्म ‘मल्लिका’ मा अनिरुद्धलाई अन्तिम पटक देखिएको थियो । यसमा उनलाई सामरीको भूमिकामा देखिएका थिए । फिल्ममा उनका अलवा हिमांशु मलिक, सुरेश मेनन, शीना नायर, राजेश खेरा र मामिक जस्ता कलाकारहरुको अभिनय रहेको छ । अनिरुद्धले आईआईटी रुडकीदेखी सिविल इन्जिनियरिंगको डिग्री लिएका छन् । त्यसपछि उनी मुम्बई गए । अनिरुद्ध जब कामको खोजीमा पहिलो पटक मुम्बई आए तब उनको खल्तीमा १०० रुपैयाँ थियो । ६८ बर्षका अनिरुद्ध अग्रवालको जन्म १ डिसेम्बर १९९४ मा देहरादूनमा भएको थियो । साल २०१० पछि उनी टिभी र फिल्ममा देखिएका छैनन् । अनिरुद्धले बंद दरवाजा, पुराना मंदिर, बैंडिट क्वीन, सामरी, आज का अर्जुन, जादूगर, मर मिटेंगे, राम लखन, मेला, तलाश, तुम मेरे हो, बचाओ : इनसाइड भूत है र मल्लिका जस्ता फिल्ममा काम गरेका छन् । अनिरुद्धले जिटिभी पपुलर सिरियल जि हरर शोका अलवा मानो या ना मानो जस्ता सिरियलमा पनि काम गरेबका छन् । अनिरुद्ध हलीवुड मूवी ‘सच अ लन्ग जर्नी’ र रुडयार्ड किपलिंगको ‘द जंगल बुक’ मा पनि देखिएका थिए ।