विनोद खन्नाको स्वास्थ्य अवस्था खराब भएपछि उनलाई शुक्रवार मात्र गिरगांव एचएन रिलायन्स फाउन्डेशन एण्ड रिसर्च सेन्टरमा एडमिट गरियो । रिपोर्ट्सको खबरलाई मान्ने हो भने उनी झण्डै एक बर्षदेखी गम्भीर विरामीबाट पीडित थिए । तर, अहिलेसम्म उनको कुनै पनि फ्यामिलीले यस विषयमा जानकारी दिएका थिएनन् । ६ अक्टूबर, १९४६ को पाकिस्तानको पेशावरमा जन्मिएका विनोद खन्नाले दुई विवाह र ३ छोरा र एक छोरीका पिता हुन । साधारण परिवार भएका कारण बलीउड एक्टर बन्न र फेरी ओशोबाट प्रभावित भएर आफ्नो बैबाहिक जिन्दगीबाट टाढा रहेका कारण उनी सधै चर्चामा थिए । भारत(पाकिस्तानको विभाजितपछि विनोद खन्नाको परिवार मुम्बई आएको थियो । उनका पिता टेक्सटाइल बिजनेसम्यान थिए । मुम्बई र दिल्लीमा स्कूली अध्ययनपछि कलेजको दौरान विनोद इन्जिनियर बन्न चाहन्थे । उनी साइन्सका विद्यार्थी थिए । त्यस्तै, उनका पिता चाहन्थे कि विनोद कमर्स पढेर घरको विजनेश सम्हालोस् । पिताले उनको एडमिशन एक कमर्स कलेजमा पनि गरेका थिए तर विनोदको पढाईमा मन लागेन । विनोदका अनुसार, कलेज लाइफमा उनले थिएटरमा काम गर्न सुरु गरे । त्यहाँ उनको कयौं गर्लफ्रेण्ड थिए । त्यही उनको भेट गीताञ्जलीसँग भयो । गीताञ्जली विनोदकी पहिलो पत्नी हुन । कलेजदेखी नै उनीहरुको लभ स्टोरी सुरु भएको थियो । १९७५ मा फिल्मबाट संन्यास लिएर विनोद अमेरिका गए र त्यहाँ उनी ५ बर्षसम्म ओशोको रक्षक भएर बसे । ४-५ बर्ष टाढा रहेका कारण विनोदके परिवार पूरै तरिकाले विग्रियो । जब उनी भारत फर्किए तब उनलाई श्रीमतीले डिभोर्स लिने तयारी गरिसकेकी थिइन् । फ्यामिली पूरै तरिकाले विग्रिएपछि १९८७ मा विनोदले फिल्म ‘इंसाफ’ बाट फेरी बलीउडमा इन्ट्री मारे । गीताञ्जलीबाट विनोदका दुई छोरा अक्षय र राहुल खन्ना छन् । १९९० मा कवितासँग विनोदले दोस्रो बिहे गरे । यी दुईको एक छोरा साक्षी र एक छोरी श्रद्धा खन्ना छन् ।